विदेश

लागूअाैषधविरुधकाे कारवाहीमा ९ विदेशी नागरिकसहित ५५ जना मारिए

लागूअाैषधविरुधकाे कारवाहीमा ९ विदेशी नागरिकसहित ५५ जना मारिए

जाकार्ता । लागुऔषध प्रयोगकर्ताविरुद्ध सरकारले चलाएको कारबाही अभियानका क्रममा इन्डोनेसियाको प्रहरीद्वारा ९ विदेशी नागरिक मारिएका छन्। सन् २०१७ भर चलाइएको अभियानमा ती नागरिक मारिएको उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।

राष्ट्रिय प्रहरी प्रमुख टिटो कार्नाभीनले देशभर लागुऔषध प्रयोगका विरुद्धमा अभियान चलाइएको र त्यही क्रममा ती विदेशीहरु मारिएको बताए। 'लागुऔषध विरुद्धको अभियानका क्रममा प्रहरीले पक्राउ गर्न खोज्दा भाग्न लागेकाले उनीहरुलाई गोली हान्ने निर्णय प्रहरीले गरेको हो,' प्रहरी प्रमुख कार्नाभीनले भने। उनले यस अभियानका क्रममा वर्षभरिमा ४६ इन्डोनेसियाका नागरिक पनि मारिएको जानकारी दिए।

सन् २०१५ मा ४७ हजार ७ सय ६७ वटा लागुऔषध प्रयोगका घटना भएकोमा सन् २०१६ मा ४५ हजार २ सय ५७ घटना भएकाले दुर्व्यसनको घटनामा कमी आएको उनको भनाइ छ।

लागुऔषध कारोबारमा लागेका शंकास्पद व्यक्तिको सङ्ख्यामा पनि कमी आएको छ। सन् २०१५ मा ६० हजार ३८७ वटा घटना भएको थियो भने सन् २०१६ मा घटेर ५६ हजार ७९१ शंकास्पद घटना दर्ता भएका थिए ।

विशेष