विदेश

दक्षिण कोरियामा डुंगा दुर्घटना १३ को ज्यान गयो

दक्षिण कोरियामा डुंगा दुर्घटना १३ को ज्यान गयो

काठमाडौं । दक्षिण कोरियाको राजधानी सउल नजिकैको इन्छन समून्द्रमा माछा मार्ने डुंगा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।

दुर्घटनामा उद्धार गरिएका मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । डुंगामा दुर्इ जना चालकसहित २२ जना सवार रहेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् ।

इन्छनको यङहुङ पुल नजिकैको समून्द्रमा तेल बोकेको ट्याङ्करसँग ठोक्किएर डुङ्गा दुर्घटनामा परेको बताइएको छ । घटना बिहान छ बजेर १२ मिनेट जादाँँ भएको तटरक्षकले बताएका छन् ।

उद्वा र बेपत्ताको खोजी कार्यका लागि चार वटा हेलिकोप्टर र १४ वटा डुङ्गा प्रयोग गरिएको छ । उद्धार कार्य अहिले पनि जारी छ ।

विशेष