विदेश

नयाँ पार्टी खोल्दै रजनीकान्त, यस्तो छ नयाँ पार्टी

नयाँ पार्टी खोल्दै रजनीकान्त, यस्तो छ नयाँ पार्टी

नयाँदिल्ली । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले तमिलनाडूमा हुने आगामी विधानसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन् ।

म कायर होइन, त्यसैले पछि हट्नेवाला छैन। म कर्तव्यका साथ अघि बढ्ने छु, पार्टी गठन गर्नेबारे छोटो भाषणमा रजनीकान्तले भने, तमिलनाडूमा लोकतन्त्र खराब अवस्थामा पुगेको छ। प्रणालीमा परिवर्तन ल्याउन जरुरी छ। उनले आफू भ्रष्टचारविरुद्ध लड्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रशंसकले भरिएको राघवेन्द्र कल्याण मण्डपमा रजनीकान्तले पार्टी गठनको घोषणा गरेका हुन्। उनले भने, यो संकटको समयमा म राजनीतिमा आइनँ भने मेरो आफ्नै लागि लाजमर्दो कुरा हुन्छ। र, यो कुनै सिनिमाको कुरा होइन यथार्थ कुरा हो।

कार्यक्रममा रजनीकान्तका प्रशंसकले उनलाई राजनीतिमा आउन हौसला दिनुका साथै अपिल गरेका थिए। समर्थकहरुले रजनीकान्तका लागि चुनाव प्रचारमा तमिलनाडूका हरेक गाउँमा जाने बताएका थिए।

तमिलनाडूकी पूर्व मुख्यमन्त्री जयललिताको निधनपछि रजनीकान्त राजनीतिमा आउने आँकलन गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले कार्यक्रममा भने, प्रदेशमा आगामी विधानसभा चुनावका लागि एउटा नयाँ राजनीतिक पार्टी बन्नेछ । हामी २०२१ को तमिलनाडू सभाका सबै २३४ सिटमा उम्मेदवारी दिनेछौं ।

विशेष