News

प्रहरीको बदमासी : १७ किलो सुनलाई १० किलो मात्र बरामद भएको सूचना प्रवाह

प्रहरीको बदमासी : १७ किलो सुनलाई १० किलो मात्र बरामद भएको सूचना प्रवाह

काठमाडौं । प्रहरीले सोमबार साँझ बालाजुस्थित सडकबाट बरामद गरेको सुन १० किलो नभई १७ किलो भएको खुलासा भएको छ । बिस्कुट आकारको सुन १७ ओटा भएपनि प्रहरीले सोमबार साँझ १० किलो सुन बरामद भएको बताएको थियो । बिस्कुट आकारको सुन एक किलोकै हुन्छ । तर १७ ओटा बरामद हुँदा पनि प्रहरीले किन १० किलो मात्र बरामद भएको सूचना प्रवाह गरिएको थियो । 

प्रहरीले बा.७९ प १५३८ नम्बरको मोटरसाइकलका चालक काठमाडौं बौद्ध बेशीगाउँ बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३२ वर्षीय छुल्टीम तामाङलाई अवैध रुपमा ल्याएको सो परिमाणको सुनसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकलको साइलेन्सर पाइपभित्र फलामको चारपाटे आकारको फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा बिस्कुट आकारको १७ थानमा रहेको सो परिमाणको सुन र २ थान मोवाइल बरामद गरेको थियो ।

उक्त सुनको हालको बजार मुल्य ८ करोड ८ लाख ९४ हजार ५ रुपैयाँ रहेको सो बृत्तले जनाएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

 

विशेष