विदेश

ठगलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय

ठगलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय

काठमाडौं। थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय हुनेभएको छ ।

३४ वर्षीय पुडित कितिथार्दिलोक पोन्जी नामक व्यक्तिले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गर्दै ठगेको पुष्टि भएको हो ।

अदालतले सुरुमा उन्लाई १३ हजार २ सय ७५ वर्षभन्दा बढी जेल सजाय सुनाएपनि ती व्यक्तिले गल्ति स्वीकार गरेकाले उन्को जेल सजाय ६ हजार ६ सय ३७ वर्षमा झारेको थियो ।

आफ्ना कम्पनीहरुमा उन्ले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको अधिकारीले वताएका छन् । अदालतले उनलाई गैरकानूनी रुपमा कर्जा प्रवाह र २,६५३ वटा ठगीका घटनामा संलग्न रहेको पाइएको जनाएको छ । 

विशेष