News

गोकुल भण्डारी सेनाको नयाँ प्रवक्ता

गोकुल भण्डारी सेनाको नयाँ प्रवक्ता


काठमाडौँ। नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ ।   

धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनी प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।   

हालका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो ।

विशेष