विदेश

श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु

श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु

कोलम्बो । श्रीलङ्का र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । 

आँधीपछि आएको बाढीका कारण हजारौँ जना प्रभावित भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । श्रीलङकातर्फ १३ जना र भारतको केरला र तमिल नाडुमा पनि उत्तिकै संख्यामा गरी २६ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

आँधी प्रभावित क्षेत्रमा बाढी, विद्युत, टेलिफोनको समस्या भएको छ । मौसमविद्हरुले अझै धेरै ठूलो वर्षा हुनसक्ने पुर्वानुमान गरेका छन् । अत्याधिक ठूलो वर्षा भएका कारण दक्षिणी भारतका नदीको पानीको सतह अझै माथि आउने चेतावनी दिइएको छ । 

श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले १६ जिल्लाका ७७ हजार जना नागरिक आँधीबाट प्रभावित भएको जनाएको छ । प्रभावितमध्ये सबैभन्दा धेरै गाल्ले जिल्लाका रहेका छन् । प्रभावितमध्ये झन्डै चार हजार जनालाई श्रीलङ्काको उद्धार शिविरमा राखिएको केन्द्रले जनाएको छ । 

अधिकारीले अझै पनि प्राकृतिक प्रकोपको खतरा रहेको भन्दै सतर्क अवस्थामा रहन आह्वान गरेका छन । 

विशेष