News

त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह आज, आठ हजार २ सय ६७ विद्यार्थी दीक्षित हुने

त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह आज, आठ हजार २ सय ६७ विद्यार्थी दीक्षित हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह आज हुँदै छ । उक्त समारोहले झण्डै आठ हजार विद्यार्थीलाई दीक्षित गर्दैछ । ललितपुरको पुुल्चोकमा रहेको पुल्चोक क्याम्पसको मैदानमा हुने ४३ औँ दीक्षान्त समारोहमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तहका आठ हजार २ सय ६७ विद्यार्थी दीक्षित हुने त्रिविले जनाएको छ ।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिनेछ ।

स्नातकोत्तर तहका विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने १५ जना तथा स्नातकका विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने आठजनालाई पनि पदक प्रदान गरिनेछ । आज दीक्षित हुनेमा ६२ जनाले विद्यावारिधि प्राप्त गरेका छन् ।

विशेष