News

भक्तपुरमा मोटरसाइकल दुर्घटना प्रहरी नायव निरीक्षक पत्नीको निधन

भक्तपुरमा मोटरसाइकल दुर्घटना प्रहरी नायव निरीक्षक पत्नीको निधन

काठमाडौं । भक्तपुरको सिपाडोलमा शनिबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

नेपाल प्रहरीका नायब निरीक्षक सुन्दर खड्काले चलाएको मोटरसाइकल दुर्घटना हुँदाको उनको श्रीमती पवित्रा थापा खड्को मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सई खड्काको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

आशापुरीबाट डोलेश्वरतर्फ जाँदै गरेको बा ६४ प २०७८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको थियो । मोटरसाइकल चालक खड्का महानगरिय प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी हुन्।

विशेष