विदेश

अमेरिकी रक्षामन्त्री म्याटिस पाकिस्तान आउने

अमेरिकी रक्षामन्त्री म्याटिस  पाकिस्तान आउने

वासिङ्टन । अमेरिकी विदेशमन्त्री जिम म्याटिशसले आगामी हप्ता पाकिस्तानको भ्रमणमा निस्कने भएका छन् ।

विदेशमन्त्री म्याटिस इजिप्ट, जोर्डन, पाकिस्तान, र कुबेतको भ्रमणका क्रममा यही डिसेम्बर ४ मा पाकिस्तान पुग्नुहुने पेन्टागनले जनाएको छ । पाकिस्तानमा रहँदा विदेशमन्त्री म्याटिसले आतङ्कवादी समूहविरुद्ध थप सक्रिय बन्न इश्लामावादलाई दवाव दिने अपेक्षा गरिएको छ ।

अमेरिकाद्वारा लगातार मध्यपूर्व, पश्चिम अफ्रिका र दक्षिण एसियामा लामो समयदेखि पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धतालाई नवीकरण गर्नुहुने पेन्टागनले जनाएको छ ।

केही समय पहिले अर्थात् अक्टोबरमा पाकिस्तान म्याटिसले पाकिस्तानमा आश्रयस्थल बनाइबसेका आतङ्कवादी समूह विरुद्ध आवश्यक कदम लिने बताएका थिए ।  पाकिस्तानमा रहँदा विदेशमन्त्री म्याटिसले प्रधानमन्त्री शाहिद खाकन अब्वासी तथा सैनिक प्रमुख कमार जावेद बाज्वालगाएतका उच्च पदस्थ अधिकारीसँग भेट गर्नेछन् ।

विशेष