News

गगन थापा माथी बम प्रहार, सामान्य घाइते

गगन थापा माथी बम प्रहार, सामान्य घाइते

काठमाडौ । नेपाली कांग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ ।

चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको हो ।

बमलागेर नेता थापा सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमार्डौ तर्फ लगिएको छ । अज्ञात व्यत्तिले रिमोटको प्रयोग गरी बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

बम विस्फोट हुँदा केही व्यक्ति घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

विशेष