News

प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिक बम फेला

प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिक बम फेला


धनगढी । धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ।

प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झन्डै ४ सय मिटर पश्चिम रहेको उक्त खोलाछेउमा प्रहरीले तालिमप्राप्त कुकुरको सहायताले सर्च गरेको थियो। घटनापछि यहाँ सुरक्षा व्यवस्था कडा पार्नुका साथै सम्बन्धित व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री देउवा डडेलधुराको चुनावीसभालाई सम्बोधन गरी आइतबार बम फेला परेको सोही बाटोबाट डिभोटी होटेल पुगेका थिए । 

विशेष