News

चार अमेरिकन पेस्तोल सहित तीन युवा पक्राउ

चार अमेरिकन पेस्तोल सहित  तीन युवा पक्राउ


तनहुँ । आबुखैरेनी गाउँपालिकाबाट ४ थान अमेरिकन पेस्तोलसहित तिन युवा पक्राउ परेका छन्।

आबुखैरेनी गाउँपालिका ३ बस्ने अभियान श्रेष्ठको घरबाट ४ थान अमेरिकन नाइन एम एम पेस्तोल सहित ३९ राउण्ड गोली समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

आबुखैरेनी गाउँपालिका ३ बस्ने अभियान श्रेष्ठको घरमा खोजतालसी गर्दा उक्त हतियार बरामद गरिएको इलाका प्रहरी कार्यालय तनहुँले जनाएको छ । हतियारसहित पक्राउ पर्नेमा श्रेष्ठको साथसाथै आवुखैरेनी गाउँपालिका ४ बेनिटारका २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङ रहेको इलका प्रहरी कार्यालय आवुखैरेनीका प्रहरी निरीक्षक लोक गुरुङले जानकारी दिए।

सूचना पाएपछि नेपाली सेनाको ढकालटार गुल्म र इलाका प्रहरी कार्यालय आबुखैरेनीको टोलीले खानतलासी पश्चात हतियारसहित तिनै जनालाई पक्राउ गर्न सफल भएको गुरुङले जानकारी दिए।

विशेष