व्यापार

यस्तो छ, उपभोग्य सामानमा मूल्यवृद्धिको मूख्य कारण

यस्तो छ, उपभोग्य सामानमा मूल्यवृद्धिको मूख्य कारण

काठमाडौं । पछिल्लो समयमा सर्वसाधारण दैनिक उपभोग्य सामानको मूल्य साविकको भन्दा चर्को तिर्नु परेको छ । चुनावको बेला अनुगमन नहुने भएकाले व्यवसायीहरुले उपभोक्ताबाट चर्को मुल्य असुल्दै आएको सरोकारवालाहरुको भनाई छ ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनकाअनुसार व्यवसायीको चुनावका बेला पैसा असुल्ने योजनाका कारण बजारमा मूल्यवृद्धि उच्च रहेको छ । महर्जनले भन्नुभयो ‘मूल्यवृद्धिले बजारमा प्रभाव पार्नुको मूल कारण राजनीति हो ।

चुनावको समयमा राजनीतिक दलका भड्किलो खर्च नै बजारमा देखिएको मूल्यवृद्धि धेरै ठूलो होइन ।’ उहाँले भन्नुभयो । ‘चुनावको समयमा हुने पैसाको प्रभाव तत्कालका लागि कमै देखिए पनि चुनावको एक हप्तापछि क्रमशः देखा पर्न थाल्छ । यतिबेला सबैको ध्यान चुनाव तथा चुनावी परिणममा जाने भएकाले मूल्यवृद्धितर्फ चासो हुँदैन ।’ आजको नेपाल समाचारपत्रमा खबर छ ।

विशेष