News

एमाले नेता महेश बस्नेतको घरमा बम

एमाले नेता महेश बस्नेतको घरमा बम

भक्तपुर । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा फेला परेको बम निष्क्रिय पारिएको छ।

आइतबार राति ८ बजेतिर बस्नेतको घरबाहिरको मूलगेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुन्ड्याइएको भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए। घटनास्थल पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बम निष्क्रिय पारेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका बस्नेत पूर्वमन्त्री तथा एमालेका युवा नेता हुन्।

विशेष