News

शशांक कोइरालाको कारमा आगजनी

शशांक कोइरालाको कारमा आगजनी


नवलपरासी । नवलपुरको देवचुलीमा कांग्रेस उम्मेदवार शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ ।

नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा गएराति आगजनी भएको हो । घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

नवलपुर १ का कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालासग वाम गठबन्धनबाट माओवादीका भविश्वर पराजुली प्रतिस्पर्धामा छन्

विशेष