हृदयघातका कारण सहायक मतदान अधिकृतको मृत्यु

हृदयघातका कारण सहायक मतदान अधिकृतको मृत्यु

कैलाली । मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि सहायक मतदान अधिकृतका रुपमा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी फाँटमा कार्यरत कर्मचारी २७ बर्षीय जग्गेप्रसाद उपाध्यायको गौरिगङ्गा नगरपालिका–११ नमुना आधारभुत मावि मसुरियामा सोमबार साँझ हृदयघातका कारण मृत्यु भएको हो ।

उनी सोमबार नै उक्त स्थानमा सहायक मतदान अधिकृतको रुपमा खटी गएका थिए । साँझको लागि तरकारी किन्न निस्केका उनी एक्कासी ढलेका थिए ।

उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्युु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

संम्बधित खबर

विशेष