News

पत्रकार सदर्शनराज पाण्डे पक्राउ, बम बनाउन सहयोग गरेको आरोप

पत्रकार सदर्शनराज पाण्डे पक्राउ, बम बनाउन सहयोग गरेको आरोप

वीरगन्ज। पर्सा प्रहरीले वीरगंजका पत्रकार सुदर्शनराज पाण्डेलाई पक्राउ गरेको छ ।

बारा प्रहरीको सहयोगमा प्रहरीले बाराको डुमरबानाबाट विप्लब समुहको अपराधिक घटनामा संलग्न रहेको अभियोगमा पाण्डेलाई राती ९ बजे पक्राउ गरेको हो । पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीका अनुसार एक साताअघि वीरगंज चिनी कारखानाको अवास क्षेत्रबाट विस्फोटक पदार्थसहित फक्राउ गरिएको वकिल मेहन्द्र साह कलवारको बयानमा उनलाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीकै हिरासतमा रहेका वकिल कलवारलाई संगठित भुमिगत पार्टीको गतिबिधी संचालन गरिएको सूचनामा छापा हानी प्रमाणसहित पक्राउ गरेको थियो । कलवारको कोठाबाट बम बनाउने विस्फोटक पदार्थ,बैठकको माइन्युट, चन्दा उठाइएको रसिदको ठेली र अरु कागजातहरु फेला परेको थियो ।

विशेष