व्यापार

अलैंचीको उत्पादन २० प्रतिशतले घट्यो, मूल्यमा पनि भारी गिरावट

अलैंचीको उत्पादन २० प्रतिशतले घट्यो, मूल्यमा पनि भारी गिरावट

लमजुङ । लमजुङमा यस वर्ष अलैंची उत्पादन गत वर्षको तुलनामा २० प्रतिशतले घटेको अलैंची ब्यवसायी महासंघले जनाएको छ ।

गत वर्ष ८ सय २१ क्वीन्टल अलैंंची उत्पादन भएकोमा यसवर्ष ६ सय क्वीन्टल मात्र उत्पादन भएको अलैंची ब्यवसायी महासंघका अध्यक्ष अजय तामाङले जानकारी दिए । बोट पुरानो हुनु, सिंचाई अभाव हुनु, मल तथा स्याहार नपुग्नु जस्ता कारणले उत्पादनमा ह्रास आएको हो ।

गतवर्ष प्रतिकिलो २ हजार २ सय सम्ममा बिक्री भएको अलैंची यस वर्ष ६ सयदेखि ७ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । मूल्य पनि घटेपछि हाल उत्पादित मध्ये ६० प्रतिशत मात्र बिक्री भएको छ । मूल्य बढ्ने आशामा कृषकहरु बाँकी अलैँची बिक्री नगरी बसेका हुन् ।

लमजुङमा रामसाई, गोलसाई, डम्बरसाई, भलाँगे, जिर्मले प्रजातिका अलैंची खेती गरिँदै आएको छ । यहाँ उत्पादित अलैंचीको प्रमुख बजार भारत हो ।

विशेष