News

मतदाता परिचयपत्र वितरण शुरु

मतदाता परिचयपत्र वितरण शुरु

विराटनगर । यही मंसिर २१ गते हुने निर्वाचनका लागि मोरङका सबै मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र वितरण शुरु भएको छ । 

जिल्लाका ७५८ मतदान केन्द्रमा खटिएका मतदान गराउने टोलीले आज मङ्गलबार र भोलि(बुधबार) मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोग कार्यालय विराटनगरले जनाएको छ ।

मोरङका छ निर्वाचन क्षेत्रमा छ लाख ४४ हजार मतदाता छन् । निर्वाचन गराउनका लागि सुरक्षाकर्मीबाहेक छ हजार ६४ कर्मचारी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको सो आयोगले जनाएको छ । 

voters id card

विशेष