News

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले दक्षिणपूर्वी अरब सागरमा देखा परेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ ।

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालले दक्षिणपूर्वी अरब सागरमा देखा परेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुन सक्ने बताए । ‘यसको प्रभाव विशेषगरी पश्चिम र मध्य हिमाली क्षेत्रमा पर्ने सम्भावना छ,’ उनले भने । –नागरिक दैनिक

विशेष