News

बर्दियामा ट्याक्टर दुर्घटना १३ घाइते, ६ को अवस्था गम्भिर

बर्दियामा ट्याक्टर दुर्घटना १३ घाइते, ६ को अवस्था गम्भिर


बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–१० सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

भुरीगाउँबाट बानियाँभारतर्फ जाँदै गरेको भे १ त ३५५० नम्बरको ट्याक्टर हिजो साँझ साढे ६ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका सबैलाई मेडिकल कलेज कोहलपुर बाँके ल्याइएको छ ।

घाइते मध्ये बर्दिैया नगरपालिका–१ का ६५ वर्षीय हरिराम थारु,४१ वर्षीय होलु राम थारु,२१ वर्षीय गुरु थारु,२५ वर्षीया पार्वती थारु,२० वर्षीय चित्र बहादुर थारु र ३२ वर्षीय मंगी चौधरीको अवस्था भने गम्भीर रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

विशेष