News

प्रलोभनमा नपरी मत प्रयोग गर्न अपिल

प्रलोभनमा नपरी मत प्रयोग गर्न अपिल

काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले मतदाताको मतलाई कुनै पनि मुल्यमा प्रभावित नभई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । 

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन र समग्रमा लोकतन्त्रको संस्थागत विकासका लागि बिना डर, धाक धम्की, दबाब, प्रलोभन, खानपान कुनै पनि प्रकारको प्रलोभनमा नपरी स्वतन्त्र विवेकको प्रयोग गरी मतदान गर्ने वातावरणको व्यवस्था गर्न आग्रह गरिएको छ । 

मञ्चले भयरहित वातावरणमा स्वतन्त्ररुपमा मतदान गर्न पाउने मतदाताको अधिकारलाई सुनिश्चित गर्न र निर्वाधरुपमा मतदान केन्द्रसम्म आवतजावत गर्न आवश्यक शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकार र सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ । 

Matadan

विशेष