News

बाबु–छोराबीच झगडा, रिसको झोंकमा छोराले घरमै आगो लगाए

बाबु–छोराबीच झगडा, रिसको झोंकमा छोराले घरमै आगो लगाए

मोरङ । मोरङको बेलबारी नगरपालिका–८ मा मंगलबार दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन् ।

बेलबारी नगरपालिका–११ बस्ने केवालाल राजबंशी र निजको छोरा ३४ बर्षिय कुमार राजबंशीबीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका थिए ।

आगो सल्किएर राजबंशीको दुई तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको पीडितले बताए । आगो निभाउने क्रममा आगोले पोलेर ६५ बर्षीय केवालाल र सोही ठाउँका २३ बर्षीय लक्ष्मण ढुंगानाको शरीरको विभिन्न भाग जलेर घाईते भएका छन् ।

आगोले पोलेर घाईते राजबंशीलाई उपचारकालागि धरान घोपा पठाईएको छ भने ढुंगानाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको छ ।

विशेष