News

अमेरिकी राजदूतलाई प्रश्नः ‘नेपालमा गाई काट्ने पक्षमा पैरवी गर्ने तिम्रो संस्थाको आधिकारिकता देऊ’

अमेरिकी राजदूतलाई प्रश्नः ‘नेपालमा गाई काट्ने पक्षमा पैरवी गर्ने तिम्रो संस्थाको आधिकारिकता देऊ’

काठमाडौं । धर्मनिरपेक्षताको नाउँमा नेपालमा गाई काटेर खान पाउनु पर्ने भन्दै पैरवी गर्दैै आएको एक अमेरिकी संस्थाविरुद्ध विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले गम्भीर चासो देखाएको छ ।

महासंघका अध्यक्ष भरतकेशर सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युएससीआरआरएफ)ले तयार पारेको प्रतिवेदनको आधारिकता नेपालस्थित अमेरिकी दूतावाससँग माग गरेको उल्लेख छ ।

सो संस्थाले तयार पारेको प्रतिवेदनमा धर्म परिवर्तन गराउन पाउनु पर्ने, हिन्दुहरुको गौमाताको रुपमा पुजा हुँदै आएको राष्ट्रिय जनावर गाईको मासु खान पाउनु पर्ने, गाई काट्न र गाईको मासु उपभोग गर्न पाउनु पर्ने जस्ता धार्मिक सद्भाव भड्काउने पक्षमा पैरवी गरेको खबर विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित भएपछि यसबारे महासंघले मुख खोलेको हो ।

 

महासंघले अमेरिका र नेपालबीचको सम्बन्धमा आँच आउने यस्ता अभिव्यक्ति नदिनका निम्ति सम्बन्धित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोगलाई आग्रह गरेको छ ।

विशेष