१०२ वर्षीय वृद्धबाट मतदान

पोखरा । कास्कीकाे मादी गाउँपालिका–८ धुरव माध्यमिक विद्यालकाे मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गरेका छन् ।
त्यस्तै पोखरा–१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गरेका छन् । कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।
vote