News

महिलाको शव भेटियो

महिलाको शव भेटियो

काभ्रे । काभ्रेपलाञ्चोकमा आज एक महिलाको शव भेटिएको छ । 

बनेपा नगरपालिका– २ की ३६ वर्षीया संगिता घिमिरेको शव सोही नगरपालिका– १३ स्थित धनेश्वर जंगलमा भेटिएको बनेपा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक सुनिलजंग शाहले जानकारी दिए । 

घिमिरे गत मंसिर १२ गतेदेखि हराइरहेकी थिइन् । उनको घरपरिवारले खोजीका लागि बनेपा पहरी चौकीमा निवेदन दिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको शाहले बताए । 

kavrepalanchok female

विशेष