सिन्धुपाल्चोकमा मतगणना शुरु

सिन्धुपाल्चोक । जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा छन् ।