News

प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने

प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने

कालीकोट । पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साँझ ६ बजेदेखि मतगणना शुरु गरिएको छ । 

उम्मेदवारका तर्फबाट एक एक र उम्मेदवारको सहभागितामा मतगणना शुरु भएको हो । अहिले कालिका गाउँपालिकाको समलगाउँ मतदान केन्द्र र नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ मतदान केन्द्रको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ४२ हजार ८४१ मतदाताले मतदान गरेका थिए । 

गोरखा– पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अहिले साँझ ६ बजेदेखि शुरु गरिएको छ । क्षेत्र नं १ को महिला तथा बालबालिका कार्यालय र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना शुरु गरिएको हो ।

क्षेत्र नं २ मा रहेका गोरखा नगरपालिकाको ८ देखि १३ नं वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाको मतपत्र एकै ठाउँमा मिलाएर गणना अघि बढाइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए । 

यस्तै क्षेत्र नं १ का गोरखा नगरपालिका १ देखि ७ नं वडा, गण्डकी, शहीद लखन, भीमसेन, धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाका मतपत्र एकै ठाउँमा राखेर गणना गरिएको छ । यस्तै प्रदेशसभाको पनि प्रत्यक्षतर्फ मतगणना अघि बढाउने तयारी गरिएको छ । एक एक घण्टामा मत परिणाम सार्वजनिक गरिने बताइएको छ । 

kalikot Matganana

विशेष