News

डुबेर बेपत्ता भएका युवकको शव फेला

डुबेर बेपत्ता भएका युवकको शव फेला

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

तर बिहीबार बेलुकीदेखि राति अबेरसम्म पनि राईको शब खोजी गर्ने क्रममा नभेटिएपछि आज बिहानैदेखि नेपाली सेना र प्रहरीको टोलीले राईको शव खोज्न परिचालन गर्ने क्रममा शव भेटिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।

राईको शव पोखरीभित्र हिलोमा गाडिएका कारण भेट्न कठिनाइ भएको पनि प्रहरीले बताएको छ । मृतक राईसँगै अन्य पौडी खेल्ने तीनजना युवालाई पनि प्रहरीले बिहीबार नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

विशेष