News

काठमाडौं–१० मा बाम गठबन्धन निकै पछाडि

काठमाडौं–१० मा बाम गठबन्धन निकै पछाडि

काठमाडौँ । प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ९ को पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत आठ हजार ८९९ मतगणना गर्दासम्म काठमाडौँ–९ मा गठबन्धनतर्फबाट नेकपा (एमाले) का श्रेष्ठले चार हजार २३२, नेपाली काँग्रेसका ध्यानगोविन्द रञ्जीतले दुई हजार ८७८ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४३ मत प्राप्त गर्नुभएको छ । काठमाडौँ–९ मा ६७ हजार ६५१ मतदाता छन् । यहाँ ४८.४७ प्रतिशत मात्रै मत खसेको छ । 

क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको आठ हजार ११९ मध्ये काँग्रेसका राजेन्द्रकुमार केसीले चार हजार ७३ मत प्राप्त गरी अग्रता लिनुभएको छ । वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का हितमान शाक्यले दुई हजार ७७४ र नेकपा (माले) का कृष्णकुमार श्रेष्ठले २८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यले जानकारी दिनुभयो । 

काठमाडौँ–१० मा ७१ हजार २०१ मतदाता रहेकामा ७७.३९ प्रतिशत खसेको छ । काठमाडौँ – ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ । 

विशेष