News

काठमाडौं–४ मा कडा टक्कर, फेरी पछि परे गगन थापा

काठमाडौं–४ मा कडा टक्कर, फेरी पछि परे गगन थापा

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फेरी पछाडि परेका छन् । वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता राजन भट्टराई उनीभन्दा ३६ मतले अगाडि छन् । 

मतगणनाको प्रारम्भदेखि नै यो क्षेत्रमा निकै प्रतिस्पर्धा रहेको छ । यस क्षेत्रमा राजन ५०६३ मतसहित अग्रता कायमै राखेका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार गगनले ५०२७ मत प्राप्त गरेका छन् ।

विवेकशिल साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी सुबुना बस्नेतले २८६ मत ल्याएकी छिन्। अहिलेसम्म १० हजार ९०१ मतगणना सकिएको छ ।

 

 

विशेष