News

चुनाव सकेलगत्तै बढाइयो पेट्रोल, डिजेल र ग्यासको मूल्य

चुनाव सकेलगत्तै बढाइयो पेट्रोल, डिजेल र ग्यासको मूल्य

काठमाडौं । सरकारले आज राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमको शुक्रवार बसेको बोर्ड बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३,३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।

अब पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७।७७ रुपैयाँ र हवाई इन्धन (आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।

यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि तय गरिएको हो ।

विशेष