काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाको अग्रता कायमै
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । एमालेका राजन भट्टराई भन्दा उनी १५४ मतले अघि देखिएका छन् । दुवै नेताबीच कडा प्रतिस्पर्धा देखिएको छ । थापाले ९४३३ मत प्राप्त गर्दा भट्टराईले ९२९७ मत प्राप्त गरेका छन् । विवेकशील साझाकी उमेदवार सुबुना बस्नेतले ६०१ मत प्राप्त गरेकी छन् ।