News

कञ्चनपुरमा वाम गठबन्धनको अग्रता कायमै

कञ्चनपुरमा वाम गठबन्धनको अग्रता कायमै

भीमदत्तनगर । दुई दिनदेखि कञ्चनपुरको भीमदत्तनगरमा भइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणनामा हालसम्म सबै क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन् ।

तीनवटा प्रतिनिधि र छवटा प्रदेशसभा रहेको कञ्चनपुरमा दुवैतर्फ वाम गठबन्धनकै उम्मेदवारको अग्रता कायम छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बिना मगरले सात हजार ७६६, नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले चार हजार ३८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार नरबहादुर धामीले सात हजार ८४५ र नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले पाँच हजार ४०० मत प्राप्त गरेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. ३ मा वाम गठबन्धनका उम्मेदवार डा. दिपकप्रकाश भट्टले सात हजार ३०३ र नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखकले सात हजार १५८ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षे नं. १ र २ मा वाम गठबन्धनले फराकिलो मतअन्तर रहेको छ भने निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभामा काँग्रेस नेता रमेश लेखक र वाम गठबन्धनका उम्मेदवार डा भट्टबीच कडा टक्कर भइरहेको छ । त्यसैगरी छवटा प्रदेशसभाको समेत मतगणना जारी रहेको छ । हालसम्म प्राप्त जानकारीअनुसार यहाँका छवटै प्रदेशसभामा पनि वाम गठबन्धनकै उम्मेदवारले अग्रता लिइरहेका छन् । 

bam gathabandan

विशेष