बसको ठक्करबाट एकको मृत्यु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा बसले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ ।
आज दिउँसो गोकर्णेश्वर नगरपालिकाको नारायणटारमा ग्यारेजबाट बा २ ख ६२२८ नंको बस बाहिर निकाल्ने क्रममा बसको ठक्करबाट घाइते भएका सोही नगरपालिका वडा नं ७ का ४३ बर्षीय पोष्टराज पोखरेलको उपचारका लागि शंखरापुर अस्पताल नारायणटार लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
kathmandu