गाेरखा–२ बाट बाबुराम निर्वाचित

गाेरखा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई गोरखा– २ बाट निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले हराउँदै भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ३१ हजार ८ सय ७ मत पाए भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन् ।