काठमाडौं ३ मा कांग्रेसको लज्जास्पद हार, एमालेका राई विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट एमाले उम्मेदवार कृष्णबहादुर राई विजयी भएका छन् । एमालेका राईले १९१६९ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी थिइन् । यस्तै तेस्रो स्थानमा विवेकशील साझाकी सुमित्रा सिंह लामाले २२०५ मत ल्याएकी थिइन् ।