विदेश

राष्ट्रपतिको सम्बोधनमा बेहोस भएर पूर्वमन्त्रीको निधन

राष्ट्रपतिको सम्बोधनमा बेहोस भएर पूर्वमन्त्रीको निधन

माघ १९ । भारतीय संसदको संयुक्त अधिवेशन चलिरहेकै समयमा अचानक बेहोस भएर ढलेका एक सांसदको निधन भएको छ । भारतको पूर्व विदेशराज्यमन्त्री समेत रहेका सांसद ई अहमदको दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा आज बिहानै निधन भएको हो । ७८ वर्षीय ई अहमद केलरको मल्लापुरम सीटबाट लोकसभा सदस्य निर्वाचत भएका थिए । मंगलबार संसदको संयुक्त बैठकलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सम्बोधन गरिरहँदा सांसद ई अहमद आफ्नै सीटमा अचानक बेहोस भएका थिए । संसद परिसरमै प्राथमिक उपचारपछि उनलाई उपचारका लागि राम मनोहर लोहिया अस्पताल लगिएको थियो ।

ई अहमद इन्डियन मुस्लिम लिगका राष्ट्रिय अध्यक्ष थिए । मनमोहन सिंह नेतृत्वको युपिए सरकारमा उनी विदेश राज्यमन्त्री थिए । उनले रेल राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका थिए ।

E Ahamad

विशेष