News

भेनस क्यासिनोको मुद्धा जिताउन बिचौलीयाको काम गर्ने को हुन् प्रभु शमशेर ?

भेनस क्यासिनोको मुद्धा जिताउन बिचौलीयाको काम गर्ने को हुन् प्रभु शमशेर ?

माघ १९ । होटल मल्लमा सञ्चालित भेनस क्यासिनोसम्बन्धी मुद्धाको १३ असारमा आदेश भयो । सर्वोच्चका न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले दिएको अन्तरिम आदेशमा किशोर सिलवाल र तप्त विष्टको क्षणिक जित भयो ।

यसमा बिचौलियाको काम गरेका थिए, प्रभु शमशेरले । पछि सुशीला कार्कीको इजलासले सो निर्णय उल्टाइदियो । यसरी मुद्धा हारेपछि पहिले जिताउन खर्च गरेको ३० लाख रुपैयाँ फिर्ता मागिने नै भयो । प्रभु चाहिँ पहिले कबुल गरेको ५० मा २० लाख अपुग भएकोले त्यो चाहिँ तिर भन्दै जाइलागे । जेका लागि पैसा दिएको हो त्यो मुद्दाको अन्तिम फैसला आफ्नो विपक्षमा भएपछि उनलाई सिलवालहरुले प्रहरीसमक्ष लगेका छन् । जनआस्था साप्ताहिकबाट

विशेष