News

छुवाछुतमुक्त गाविस घोषणा गर्न शिव सेना नेपाल कास्कीमा

छुवाछुतमुक्त गाविस घोषणा गर्न शिव सेना नेपाल कास्कीमा

माघ १९ । शिव सेना नेपालले कास्कीको घाचाेक  र लाचोक गाविसलाई छुवाछुत मुक्त गाविस घोषणा गरेको छ ।

स्थानीय दलित जनता, स्थानीय निकायका प्रतिनिधि, सो पार्टीका नेता कार्यकर्ताको रोहबरमा शिव सेना नेपालले ती दुई गाविसलाई छुवाछुत मुक्त गाविस घोषणा गरिएको हो । कट्टर हिन्दुवादी राजनीतिक दलका रुपमा परिचित शिव सेना नेपालले पछिल्लो समय छुवाछुतविरुद्ध अभियान नै सञ्चालन गरिरहेको छ । छुवाछुत मुक्त गाविस घोषणाको अवसरमा शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने, ‘छुवाछुतको प्रथा हाम्रो समाजको विष हो । जसरी सूर्यले सबैलाई समान प्रकाश दिन्छ, त्यसैगरी हिन्दु धर्मले मानवजातिका लागि समान ज्ञान, विवेक र सम्मान दिनु पर्छ भनेर सिकाएको छ । धर्मविरोधी छुवाछुत अन्त्यकालागि सबैको साथ आवश्यक हुन्छ ।’

अध्यक्ष बस्नेतले ‘हिन्दु धर्ममा जातपात छ भन्ने हल्ला फैल्याएर पैसा दिएर अरुको धर्म मास्नेहरु गाउँ पसेका छन् । त्यस्ताको भ्रममा नपर्नुहोला ।’ शिव सेना नेपालले छुवाछुतविरुद्ध कहिले सहभोजको आयोजना गर्छ त कहिले सामूहिक विवाहको कार्यत्रम सञ्चालन गर्दै आएको छ ।

सो पार्टीले आउँदो फागुन २७ गते काठमाडौंमा समावेशी सामूहिक जनै धारण कार्यक्रमको आयोजना पनि गर्दैछ ।

विशेष