विदेश

१० महिनामा ७ हजार अफगान सुरक्षाकर्मीले ज्यान गुमाए

१० महिनामा ७ हजार अफगान सुरक्षाकर्मीले ज्यान गुमाए
माघ - १९ । अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा गत बर्षका अफगान सुरक्षा अधिकारीकहरुको ज्यान जाने क्रममा बृद्धि भएको एक अमेरिकी निगरानीकर्ताले बुधबार जानकारी दिएका छन् । स्पेशल इन्सपेक्टर जर्नेल फर अफगानिस्तान रिकन्स्ट्रक्सन (सिगार) का अनुसार यस द्वन्द्वको क्रममा अफगानिस्तानमा सन् २०१६ को जनवरी १ बाट नोभेम्बर १२ सम्म अफगान सैनिक र प्रहरीगरी ६ हजार ७८५ जनाको ज्यान गएको छ । त्यसैगरी यस समयावधिमा ११ हजार ७७७ जना अफगान र्सैनिक र प्रहरी घाइते भएका छन् । यो सङ्ख्या सन् २०१५ को तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताइएको छ । तालिवान आतङ्ककारीसँग जारी यस द्वन्द्वमा परी सन् २०१५ मा ५ हजार अफगान प्रहरी र सैनिकको ज्यान गएको थियो । एजेन्सी

Afghanistan

विशेष