निगमले ग्यासको मूल्य बढायाे

माघ - १९ । नेपाल आयल निगमले ग्यासको मूल्य २५ रुपैयां बढाएको छ । आज रातीबाट लागू हुने गरी मूल्य बढाएको हो । भारतबाट ग्यासको मूल्य बढेर आएकाले बढाइएको निमगका प्रवक्ता भानु खनालले जानकारी दिए ।
अबदेखि ग्यासको मूल्य १ हजार ३ सय ५० रुपैयां तोकिएको छ । निगमलाई ग्यासमा अझै १ सय ६२ रुपैयां ९१ घाटा छ । त्यसैगरी डिजेल, पेट्रोलमा निगमलाई अझैपनि घाटा छ । तर, डिजेल पेट्रोलको मूल्य यथावत रुपमा राखिएको उनले जानकारी दिए ।
Gas