News

फरक विकल्पसहित आन्दोलनमा जाने डा केसीको चेतावनी

फरक विकल्पसहित आन्दोलनमा जाने डा केसीको चेतावनी
माघ - १९ । सरकारले सम्झौता कार्यान्वयनमा आलटाल गरेको भन्दै डा गोविन्द केसीले आपत्ति प्रकट गरेका छन् । सरकारले सहमती कार्यान्वन नगरे फरक विकल्पसहित आन्दोलनमा जाने डा केसीले चेतावनी दिएका छन् । अनसनमा भएको सम्झौताअनुसार दुई साताभित्र गठन गर्नुपर्ने विश्वविद्यालय पदाधिकारी मापदण्ड सिफारिस समिति, न्यायिक छानविन आयोग र नागरिक अनुगमन समिति अझैसम्म गठन नभएकोमा उनले दुःख प्रकट गरेका छन् । सातै प्रदेशमा न्यूनतम एउटा सरकारी मेडिकल कलेज खोल्ने सहमतिमा पनि कुनै काम नभएको उनी बताउँछन् । विद्यार्थी भर्ना र शुल्कसम्बन्धी चिकित्साशास्त्र अध्ययन संस्थान फ्याकल्टी बोर्डको अधिकार खोसेर त्रिविको कार्यकारी परिषद्ले उक्त अधिकार लिइ नाजायज चलखेल गर्ने प्रयास गरिरहेको डा. केसीको आरोप छ । यसअघि मेडिकल कलेजलाई सम्बन्धन दिने अधिकारसमेत संस्थानबाट खोसेर त्रिविले लिने कोसिस गरेको उनले जनाए ।

Dr. Gobinda Kc

विशेष