राजनीति News

काँग्रेस नेता तिवारीको निधन

काँग्रेस नेता तिवारीको निधन
माघ २० । नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उनको परिवार निकट काँग्रेस नेता लोकेश ढकालले जानकारी दिए । काठमाडौँ क्षेत्र नं ४ का महासमिति सदस्य रहेका तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य समेत हुन्। उनी नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व उपाध्यक्ष र नेपाल तयारी पोसाक उद्योग सङ्घको पूर्व अध्यक्ष पनि हुन् । स्व नेता तिवारी २०५६ को संसदीय निर्वाचनमा काँग्रेसको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए। स्व तिवारीको आजै राति पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी छन् ।

चिरञ्जीवीनिधि तिवारी

विशेष