News

स्थानीय तह निर्वाचन विधेयक बहुमतले पारित

स्थानीय तह निर्वाचन विधेयक बहुमतले पारित
माघ - २० । व्यवस्थापिका - संसद्काे विहीबारकाे बैठकले स्थानीय तह निर्वाचन विधेयक–२०७३ लाई बहुमतले पारित गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहेका बेला सो विधेयक पारित भएको हो । स्थानीय निकायसम्बन्धी विधेयक पारित गर्दै बिहिबारको संसद बैठक सकिएको छ। बैठकले यसअघि निर्वाचन आयोगसम्बन्धी विधेयक, मतदाता नामावली सम्बन्धी विधेयक, निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित गरिसकेको छ। अब राजनीतिक दलसम्बन्धी विधेयक पारित हुन बाँकी छ। यो विधेये राज्य व्यवस्था समितिमा विचाराधिन छ। अब संसदको अर्को बैठक २३ गते आइतबार १ बजे फेरि बस्ने भएको सभामुख ओनशरी घर्तिमगरले जानकारी गराइन्।

BICC व्यवस्थापिका–संसद्

विशेष