News

मधेस छुट्याउने अभिव्यक्ति दिँदै अाएका सिके राउत पक्राउ

मधेस छुट्याउने अभिव्यक्ति दिँदै अाएका सिके राउत पक्राउ
माघ - २० । मधेसमा छुट्टै राष्ट्रका लागि अभियान चलाउँदै आएका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतलाई बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको हो । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा राख्दै देश टुक्राउने अभिव्यक्ति दिएका थिए । यसै घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको थियाे । इलाका प्रहरी कार्यालय लाहानले पत्राचार गरी राउतलाई पक्राउ गर्न आग्रह गरेपछि उनलाई पक्राउ गरिएको जनकपुर प्रहरीले जनाएको छ । अाज दिउँसाे करिव २ बजे उनलार्इ कार्यालयबाट प्रहरी पक्राउ गरेकाे हाे । यसअघि पनि प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै छोड्दै गरेको थियो। पक्राउ परेका राउतलाई लाहानमा प्रहरी कार्यालयमा नै बझाइने बताइएको छ ।  उनले केही वर्षदेखि मधेसमा छुट्टै राज्यका लागि अभियान चलाइरहेका छन्।

CK Raut

विशेष