भारतमा एक टन तेल समुद्री तटमा फैलियो, समुद्री जीवनमा असर
माघ–२० । भारतको चेन्नाईस्थित एन्नोर बंदरगाह नजिक मंगलबार तेल बोकेको दुई पानी जहाज ठोक्किँदा समुन्द्री तटमा एक टन तेल पोेखिएको छ ।
तेल चुहिएर तटीय क्षेत्रमा तेल फैलिएपछि उक्त क्षेत्रको सामुद्रिक जीवन तथा माझीको जीविकामा असर परेको छ ।
सरकारले स्थितिलाई नियन्त्रणमा लिने वाचा गरेको छ र प्रदूषण रोकथाप गर्ने समूहका सदस्य तेलका कारण कालो भएको तटको सफाइमा जुटेका छन् । समुद्री किनारबाट तेल हटाउन प्रयास भइरहेको जनाइएको छ ।
तेल
भारत
समुद्री तट