News

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय
माघ – २० । मन्त्रिपरिषद्को बैठकले स्थानीय निकाय निर्वाचनको तयारीको लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको बैठकले निर्वाचनको आवश्यक तयारीका लागि औपचारिक पत्र लेखी आयोगलाई आग्रह गर्ने निर्णय भएको हो । स्थानीय निकायको निर्वाचनको लागि आवश्यक पर्ने सबै कानुन बनिसकेकाले निर्वाचनको प्रक्रिया अघि बढाउन आग्रह गर्ने निर्णय गरेको बैठकपछि मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए । त्यस्तै, २ नम्बर प्रदेशमा निर्वाचन गर्न सक्ने अवस्थाबारे अध्ययन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा मन्त्री दीपक बोहरा र नविन्द्रराज जोशी सम्मिलित टोली गठन गर्ने निर्णय गरेको छ । साथै, बैठकले चीनको गोन्जाओको महाबाणिज्य दूतमा सहसचिव रवी भट्टराइलाई पठाउने निर्णय गरेको छ । बैठकले शिशिरकुमार ढुंगानालाई सचिवमा बढूवा गरेको छ भने यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले ६ वटा समादुयिक बनमा चिडियाँखाना खोल्ने पनि निर्णय गरेको कार्कीले जानकारी दिए । विभिन्न मन्त्रालयहरुको चालु खर्च बढी देखिएकाले त्यसको अध्ययन गर्ने पनि निर्णय गरेको छ । बैठकले स्थानीय निर्वाचनको वातावरण बनाउन सबै दलहरुसँग वार्ता गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

विशेष