विदेश

अलास्कामा लगातार ज्वालामुखी विस्फोटन

अलास्कामा लगातार ज्वालामुखी विस्फोटन
माघ–२१ । अलास्का -संयुक्त राज्य अमेरिकाको मूलभूमिबाट टाढा उत्तर–पश्चिममा अवस्थित एक विशाल राज्य अलास्काको एक सानो द्वीप बोगोस्लोफमा शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन् । एकसय ६९ एकड (क्षेत्रफलका हिसाबले औसतमा तृतीय श्रेणीको अमेरिकी कृषिक्षेत्र (फार्म बराबर) रहेको र यहाँको सबभन्दा अग्लो पर्वत शृङ्खला भन्नु समुद्र सतहदेखि ४९० फिट (उचाइका हिसाबले फ्रान्सको इफिल टावरको आधाआधीजति) रहेको बोगोस्लोफ द्वीपमा अत्यन्त क्रियाशील र बेरिङ्ग सागर (बेरिङ्ग सि) को जल सतहभन्दा पाँच हजार पाँचसय फिट मुन्तिर समुद्रको पिँधबाटै उठेर आई शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन् । गत डिसेम्बर महिनाको मध्येदेखि हालसम्म २४ पटकभन्दा बढी ज्वालामुखी विस्फोटन भइसकेका बताइएको छ । प्रत्येक पटकको विस्फोटनमा ठूलो परिमाणमा बरफका ढिक्का, चट्टानी ढुङ्गाका गेगर र ज्वालामुखीय खरानी (म्याग्मा) मिश्रित बादल उठेर निस्किई आकाश माथि माथिसम्म ढाकेर फैलँदा उत्तर अमेरिका र एसियाबीच उडान भर्ने विमानहरुलाई हवाई मार्ग परिवर्तन गर्न बाध्य पारेका छन् । ज्वालामुखी विस्फोटन हुँदा यति ठूलो परिमाणमा बरफका ढिक्का, चट्टानी ढुङ्गाका गेगर मिश्रित बादल किन माथि माथि आकाशमा उठेको ? भन्ने जिज्ञासा राखी गरिएको एक प्रश्नको उत्तरमा अमेरिकी भौगर्भिक सर्भेक्षण संस्था (युएसजिएस) को अलास्का ज्वालामुखी अवलोकन केन्द्रका भू–भौतिकशास्त्र अनुसन्धाता (रिसर्च जियोफिजिकिस्ट अफ अलास्का भोल्क्यानो अव्जर्भेटरी) ले ज्वालामुखीय म्याग्मा र सामुद्रिक अति ठन्डा जलबीच टकराव हुँदा कडा र शक्तिशाली विस्फोटनको अवस्था पैदा भएको र यही शक्तिशाली विस्फोटनले नै यत्रो विशाल बबन्डर मच्चाएको बताएको छ । यस प्रकारको स्थिति यस वर्षभरि नै बारम्बार दोहोरिने सम्भावना रहेको भन्ने जवाफ दिएका छन् । रासस

अलास्का ज्वालामुखी विस्फोट

विशेष